सभामुख घिमिरेले गरे एमालेबाट अलग भएको घोषणा

काठमाण्डु - नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन् । उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए । घिमिरे…