बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग वाचा गरेका काम ५ वर्षभित्र सम्पन्न गर्ने बताएका छन्। ढोरपाटन नगरपालिकाका मतदातालाई बिहीबार धन्यवाद दिँदै उनले ५ वर्षमा जनतासँग वाचा गरेका काम सम्पन्न गर्ने बताए। ‘यसअघि गर्न नसकेका काम पनि छन्, उनले भने, पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता ५ वर्षमा क्रमशः पूरा गर्छौं।’…