काठमाण्डु- नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ। गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडामाथि चुनावी सभामा जाँदै गर्दा मनहरि गाउँपालिका वडा नम्बर ३ मा गाडीबाट ओर्लनेवित्तिकै हातपात भएको हो । हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ…