एपीएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

काठमाण्डु - विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग २०२५÷०२६को प्रारम्भिक चरणको खेल खेल्ने भएको छ । एशियन फुटबल महासङ्घ (एएफसी)ले समूह विभाजनका लागि सार्वजनिक गरेको ड्र ‘पट’मा समूह ३ मा परेको हो । एपीएफ एन्फा महिला लिगको विजेतासमेत हो । गएको संस्करणमा पनि एपीएफले प्रारम्भिक चरणका खेल खेलेको थियो ।…