नवनियुक्त महान्यायाधिवक्ता कडेलद्वारा कार्यालयमा पदबहाली

काठमाण्डु – नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै आईतबारै पदबहाली गरेका छन् । आईतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट उनले शपथ ग्रहण गरेपछि पदबहाली गर्दै नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान दिने प्रतिबद्धता जनाए । कडेलले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै भने, ‘महान्यायाधिवक्ताको कार्यालयको प्रभुत्वसँग काम गर्ने अवसरको लागि सौभाग्य…