काठमाण्डु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । आईतबार निवेदक पक्षका वकिलहरूको बहस सकिए पनि सरकार पक्षको बहस सोमबारका लागि तोकिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा भएको सुनुवाइमा रिट निवेदक पक्षका वकिलले पक्राउको कानूनी र संवैधानिक…