निर्वाचनमा पार्टीको नभइ राष्ट्र सेवकका हैसियतले भूमिका निभाउन प्रहरीलाई ओलीको आग्रह

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई बलियो हुन निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहबीमा क्षेत्रीय कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले कार्यकतालाई आइपरे जाइलाग्न सक्ने हुन निर्देशन दिएका हुन् । ‘आइपरे जाइलाग्न सक्ने हुनुपर्छ। उस्तै परे डस्न पछि पर्नु भएन ।’, उनले भने। इमानदार बनेकै…