काठमाण्डु – नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार क्षेत्रीय कार्यसमितिले दुवै तहमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न इच्छुकको नाम माथिल्लो तहमा सिफारिस गरेको हो । जसमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवादेखि जेलमा रहेका अलताफ आलमसम्म सम्बन्धित निर्वाचन क्षेत्रबाट…