काठमाण्डू–सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरुबीच सदनको कारबाही सुचारु गराउने सहमति भएको छ । रास्वपा, काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा सहमति भएसँगै संसदको अवरोध हट्ने भएको हो । प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको…