काठमाण्डु - काठमाडौं उपत्यकामा जेठ १८ गते (आइतबार) सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो।