उम्मेदवार मनोनयनको औपचारिक पत्र दिने जिम्मेवारी सभापति देउवालाई

काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठक बिभिन्न पाँच वटा निणर्य गर्दै सकिएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले मंसिर ४ गते हुने संघीय निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निणर्य गरेको हो । त्यस्तै आजको बैठकले प्रतिनिधिसभा…