मोरङ – कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन् । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर अगाडि अनसन सुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिएर घर पुर्याइएको थियो…