घटनाको गहिराइमा नपुगी राजीनामा माग्ने प्रवृत्ति गलत छ : डा. रिजाल

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रराज रिजालले घटनाहरूको मूल विषयभन्दा बढी व्यक्तिको राजीनामाको विषय चर्चामा आउने गरेको बताएका छन् । मंगलबार काठमाण्डुमा नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयभन्दा व्यक्तिको राजीनामाको कुरा बढी चर्चामा आउने गरेको भन्दै यसले सञ्चार जगतलाई असर पर्ने बताए…