भिजिट भिसा प्रकरण : विपक्षीहरूद्वारा आज पनि संसद बैठक अवरुद्ध, आधा घन्टाको लागि स्थगित

काठमाण्डु - विपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक आधा घन्टाको लागि स्थगित भएको छ। बैठक सुरू हुने बित्तिकै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसदको कामकारवाहीलाई अघि बढाउन नदिएपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेका हुन्। बैठक सुरू हुनेवित्तिकै विपक्षी सांसदहरूले अवरोध गरेका थिए भने सभामुखले गृहमन्त्रीले बोल्न समय माग…