एमालेले गर्‍यो सुदूरपश्चिम प्रदेश सांसद थापासहित ६ जनालाई पार्टीबाट निष्कासन

काठमाण्डु – नेकपा एमालेले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई पार्टीबाट निष्काशन गरेको छ । एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै थापासहित ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिएको जानकारी दिएका हुन् । उनले पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम उनीहरूलाई कारबाही गरिएको बताएका छन्…