काठमाण्डु - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्री जनार्धन शर्मामाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन्। बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीमा खनालले अर्थमन्त्री शर्माका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टीले जवाफ दिनुपर्ने दावी गरेका हुन् । उक्त घटनाका विषयमा निष्पक्ष रुपमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ…