इस्तियाक र प्रदीपलाई मन्त्रीमा सिफारिस गरेसँगै जसपामा बाबुराम ‘फ्याक्टर’ कमजोर, यादव पुनः बलियो

काठमाण्डु - पार्टीको आन्तरिक कलहमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै उपेन्द्र यादव जनता समाजवादी पार्टीमा पुनः बलियाे हुन पुगेका छन् । विगतमा भट्टराईलाई साथै दिँदै आएकामध्ये भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई र वन मन्त्रीमा प्रदीप यादवलाई सिफारिस गरेसँगै यादव आन्तरिक राजनीतिमा बलियो हुन पुगेका हुन् । ‘इस्तियाक…