काठमाण्डु - बर्डफ्लुको संक्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा संक्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत् जनचेतनामूलक सन्देश प्रवाह सुरू गरेको छ। फोन गर्दा रिङटोनमा बर्डफ्लुबाट बच्ने उपाय, संक्रमित भएका, बिरामी वा मरेका चराचुरुंगी तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पन्छी देखेमा त्यसको नजिक नजान, शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा व्यक्तिगत…