काठमाण्डु – सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी डा. मनोज केसीलाई सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रहरीका ८ एआईजीको सरुवा गर्दा केसीको पनि सरुवा भएको हो । अब सीआईबीको नयाँ प्रमुखमा एआईजी उमाप्रसाद चतुर्वेदी नियुक्त गरिएका छन् ।