काठमाण्डु – नेपाली कांग्रेसले आगामी दिनमा देशभर निर्वाचन समीक्षा तथा भावी रणनीतिबारे व्यापक छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार ७ वटै प्रदेशमा समीक्षा कार्यक्रम सञ्चालन गरिने भएको हो । पार्टीका महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस नोटअनुसार १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समीक्षात्मक…