काठमाण्डु – उपत्यकामा आईतबार सार्वजनिक बिदा हुने भएपछि प्रतिनिधिसभा बैठक सोमबार बस्ने गरी सारिएको छ । आईतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अब सोमबार दिउँसो १ बजे बस्नेछ । संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले सूचना जारी गरेर बैठक सारिएको जनाएका छन् ।