काठमाण्डु – नेकपा माओवादी केन्द्र प्रदेश १ मा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । यसअघि सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास गरिएपनि सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन गर्न लागिएको हो । माओवादी केन्द्र प्रदेश कमिटीको बैठक बस्दैछ । त्यसपछि अध्यक्षलगायत ९ जना पदाधिकारीका लागि निर्वाचन गरिने माओवादी प्रदेश १ ले जनाएको छ ।…