स्रोत नखुलेको झण्डै ४ लाखसहित २ जना पक्राउ

कास्की – पोखरा महानगरपालिका–१ जौबारीबाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ५०० रूपैयाँसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२२ पुम्दीकोट बस्ने ४० वर्षीय खेमबहादुर परियार र माछापुच्छ्रे गाउँपालिका–६ धिताल बस्ने ४० वर्षीय मनबहादुर तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले हेम्जाबाट पोखरातर्फ आउँदै…