काठमाण्डु - राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले राप्रपाको नेतृत्व अब युवापुस्तालाई दिनु उचित हुने बताएका छन् । भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले अध्यक्षको दौडबाट पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पछि हटिसकेकाले अब कमल थापा पनि हट्नुपर्ने बताएका हुन् । ‘हिजो पशुपति र लोहनी अध्यक्षको दौडबाट…