काठमाण्डु – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान जारी छ । शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको थियो । बिहान १० बजेसम्मका लागि तोकिएको मतदानको समयमा आधा घण्टा थप गरिएको एमाले निर्वाचन आयोग सदस्य बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार १०ः३५ बजेसम्म २ हजार ६९ जनाले मतदान गरेका छन्…