काठमाण्डु- सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतक परिवारबीच चार बुँदे सहमति भएको छ। सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारबीच भएको छलफलमा चार बुँदे सहमति भएको हो। गत शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो।…