माधव नेपाल पक्षका नेताको निवेदन संसद् सचिवालयले बुझेन

काठमाण्डु- नेकपा एमाले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदहरुको पद जोगाउन बुधबार संसद सचिवालय पुगेका विरोध खतिवडा र जीवनराम श्रेष्ठको निवेदन दर्ता हुन सकेन । संसद सचिवालयका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरेपछिमात्र निवेदन दर्ता गर्न मिल्ने भनेपछि खतिवडा र श्रेष्ठ फर्केका हुन् । केपी शर्मा ओली नेतृत्वको संसदीय दल बैठकले माधव…