काठमाण्ड – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलापछि पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । आज ट्वीटमार्फत नेता पौडेलले सर्वोच्चको फैसलाले संविधानको रक्षा गर्ने आफ्नो अभियान सफल भएको बताउँदै पार्टी सभापति देउवालाई बधाई दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र सांसदलाई दुर्घटनामा लैजाने…