कठमाण्डु – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । केहि बेरअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले सहमतिका लागि तयार पारेको मस्यौदामाथि छलफल जारी छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न…