कार्यदलको बैठकः भोलिसम्म एमाले विवादको टुंगो लाग्ने

काठमाण्डु – नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबारमा बसेको एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक केही समय बसेर सकिएको हो । आजको बैठक पार्टीको विवाद समाधानउन्मुख रहेको बताइएको छ । कार्यदल सदस्य प्रदीप ज्ञवालीले पार्टीको विवादकाे टुंगो बिहीबारसम्म लगाउने तयारी भएको जानकारी दिए । ‘सहमतिको बाटोमा छौं । भोलिसम्म निष्कर्षमा पुग्छौं,’…