एउटै दल सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहन सक्दैनः यामलाल कँडेल

कर्णाली – एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले सदनमा एउटै दल सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहन नसक्ने बताएका छन् । प्रदेशसभास्थित दलको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीमा आफ्नो पार्टीलाई सत्तापक्ष बनाउन खोजिएकामा आपत्ति जनाएका हुन् । नेता कँडेलले दलको सहमति बेगर दलको सदस्यलाई सहभागी गराएर सरकार बनाउने संवैधानिक प्रावधान नै…