नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाण्डु — नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बिहीबार आवश्यक तयायी नपुगेको भन्दै स्थगित भएको बैठक आज बस्न लागेको हो । काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । काँग्रेसका मुख्यचिव कृष्णप्रसाद पौडेलले आज अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिए ।…