देउवाले बोलाए पदाधिकारी बैठक

काठमाण्डु — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा महाधिवेशन सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । पछिल्लो समयमा कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद छ । आजको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता लगायतको टुंगो लगाउने तयारी भएको नेता रमेश लेखकले जानकारी दिए…