काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । पार्टीका पूर्वमहामन्त्री सिंह निवास चाक्सीबारी ठमेलमा आज भएको भेटमा पार्टीको आगामी १४औँ महाधिवेशन र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल भएको महामन्त्री डा.कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने विषयसमेतमा नेताहरुबीच छलफल भएको…