काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेताहरुले अराजनीतिक चरित्र देखाउन सुरु गरेको टिप्पणी गरेका छन् । उनले जनताको कडा संघर्षबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढेकोमा चिन्ता व्यक्त गरेका छन् । राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन केही नेताहरुले पूर्वराजालाई गुहार्न सुरु गरेको मुख्यमन्त्री पोखरेलले बताए । बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…