काठमाण्डु — निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई एक अर्कालाई कारवाही गरेको कागजपत्र साँझसम्म बुझाउन ताकेता गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुबै समूहलाई एकअर्काले गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात साँझसम्म बुझाउन निर्देशन दिएका हुन् । जसपाका दुवै पक्षले बुझाएको पत्रमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची…