काठमाण्डु - निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारबाट बाहिरिएलगत्तै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री बनेको अविधिमा आफूले ९ लाखभन्दा बढी लेभी पार्टीलाई बुझाएको ज्ञवालीले बताएका छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दा उनको खातामा सात लाखभन्दा बढी बचत रहेको उल्लेख गरेका छन् । ‘हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र…