काठमाण्डु — प्रदेश २ सरकारले ढुंगागिट्टी निकासीको नीतिलाई तत्काल सच्याउन माग गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आव २०७८/०७९ को बजेटमा गरिएको व्यवस्थालाई तत्काल सच्याउन आग्रह गरेका हुन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त नीतिलाई तत्काल नसच्याए प्रदेश सरकारले त्यसको प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् । सरकारको उक्त निर्णयले…