काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा राखिएको छ । सोमबार पेसी सूचीको पुछारमा रहेको लामिछानेको उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो । महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले दायर गरेको रिट सर्वोच्च अदालतका…