काठमाण्डु– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठले जलविद्युत उत्पादनमा मात्र ध्यान केन्द्रित गर्दा बजारको समयस्या हुन सक्ने सम्भावनातर्फ सचेत हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमा भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा श्रेष्ठले उत्पादनसँगै बजार र खपत बढाउने नीतिमा ध्यान दिइनुपर्ने बताए । अन्तर्राष्ट्रिय बजारमा विद्युत निर्यात हुन नसक्ने सम्भावनालाई…