काठमाण्डु – नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई ५ वर्षभित्रमा नै औषधिमा आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन् । मंगलबार नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता: नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अधिकारीले नेपाललाई आगामी ५ वर्षभित्रमा आत्मनिर्भर बनाउने दाबी गरे । तर त्यसका लागि २०३५ सालमा बनेको औषधि ऐनलाई परिमार्जन गरिनुपर्ने…