काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलको बैठकले चाडपर्वको बेला हुने अस्वाभाविक मूल्यवृद्धिप्रति सचेत रहन सरकारसँग माग गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरूको १५ दिनको पारिश्रमिक कट्टा गरी नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ । बाढी पहिरोका कारण भएको अन्नबालीको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन एवं नदी कटान भएको…