काठमाण्डु – शहरी विकास मन्त्री प्रमुख शाहले माओवादी केन्द्रले गरेको कारबाहीबारे आपत्ति जनाएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्री शाहले निर्वाचित सांसदलाई बर्खास्त गर्ने पुष्पकमल दाहाल प्रचण्डको निर्णय निरंकुशताको पराकाष्ठ भएको बताए । ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफु चुनाव जित्नलाई नेकपा एमालेसंग…