संसद विघटनः संवैधानिक इजलासमा प्रतिरक्षा बहस शुरु

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाईको क्रममा सोमबारदेखि प्रतिरक्षा बहस सुरु भएको छ । रिट निवेदक पक्षका अधिवक्ताको बहस सकिएपछि महान्यायाधीवक्ता अग्नि खरेलले सरकारका तर्फबाट सोमबार प्रतिरक्षा बहस सुरु गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते संसद विघटन गरेकी थिइन । प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै परेका रिटमाथि सर्वोच्च अदालतमा संवैधानिक…