काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । मंगलबार प्राइम टाइम्सलाई अन्तार्वार्ता दिँदै अध्यक्ष प्रचण्डले आफू तत्काल प्रधानमन्त्री नबन्ने र सभापति देउवालाई प्रधानमन्त्री स्वीकार गर्न तयार भएको बताएका हुन् । उनले देउवालाई पहिले पनि प्रधानमन्त्री बनाएको स्मरण गर्दै देशमा शान्ति…