काठमाण्डु– बिपी राजमार्ग फेरी बन्द भएको छ । बिहीबार विहानबाट परेको पानीले रोशी खोलामा बाढी आएपछि राजमार्ग पुनः बन्द भएको हो । तीन दिनपछि आज बिहान १० बजे खुलेको सडक फेरी बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । बाढीले बगाएको ठाउँमा फेरि नयाँ डाइभर्सन तयार गरेपछि बीपी राजमार्ग बिहानबाट सुचारु भएको थियो…