प्रदीप अधिकारीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, पोखरा विमानस्थलमा साढे ३ अर्ब बिगो दाबी

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा व्यापक आर्थिक अनियमितता गरेको अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीसहितका कर्मचारी र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्राधिकरणमा महानिर्देशक रहँदा यसअघि पनि अन्य भ्रष्टाचारजन्य कार्यमा आरोपपत्र दायर भइसकेका अधिकारीविरुद्ध पोखरा विमानस्थलको प्रकरणमा अर्को मुद्दा दायर भएको…