केपी ओलीले रानीपोखरी र धरहरा बनाएका होइनन्, इन्जिनियरले बनाएका हुनः झलनाथ खनाल

काठमाण्डु – नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले एकलौटी ढंगले मन्त्रिमण्डल पुर्नगठन गरेको बताएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले प्रधानमन्त्री ओलीले पार्टीको नीति बिर्सिएको आरोप लगाएका छन् । ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति…