काठमाण्डु- नेपाल–भारतबीच कायम रहेको तिक्ततापूर्ण सम्बन्धलाई सुमधुर बनाउन भइरहेका प्रयासबीच नोभेम्बर २६–२७ सम्म भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमण तय भएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा भारतिय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । गोयलको भ्रमणपछि भारतीय विदेश सचिवको भ्रमण सम्भव भएको…