सुवास नेम्वाङसँग प्रचण्डले भनेः एकताको डोरी चुँडिएको छैन

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद जटिल मोडमा पुगेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले नै पार्टी एकताको डोरी नचुडिएको बताएका हुन् । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँगको भेटमा अध्यक्ष प्रचण्डले पार्टीभित्रका समस्या समाधान गर्दै जानुपर्ने…